सुनको मूल्य ३ हजार ८ सयले घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

आज सुन ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो । आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार  ११ : ३४ बजे