आइसर राष्ट्रिय मेगा सेवा क्याम्पको सुरुवात : नेपालभरका ग्राहकहरूलाई विशेष छुट र सेवा सुविधा



काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले  EICHER ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ।

यो क्याम्प मंसिर १७देखि मंसिर २९ सम्म सञ्चालन हुनेछ। यस पहलको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने रहेको छ।

क्याम्पमा आकर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइने छ।

नेपालभरका सबै  Eicher Exclusive Workshop तथा सबै शाखाहरूमा उपलब्ध यस मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ।

ग्राहकहरूलाई क्याम्प अवधि मा स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, EICHER लुब्रिकेन्ट्समा २५प्रतिशत छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २०प्रतिशत छुट, निस्शुल्क बम्पर-टु-बम्पर चेकअप र ३५-पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंग मा सहभागी ग्राहकलाई निस्शुल्क विण्डचिटर प्रदान गरिनेछ।

बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सका प्रतिनिधिका अनुसार, “यो क्याम्प EICHER ग्राहकहरूलाई उनीहरूको सवारी साधनलाई उत्कृष्ट अवस्थामा राख्न मद्दत गर्ने र उनीहरूको सन्तुष्टि बढाउने लक्ष्यका साथ आयोजित गरिएको हो। नेपालभरका EICHER प्रयोगकर्ताहरूलाई यो अवसरबाट लाभान्वित हुन आमन्त्रण गर्दछौं।”

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  १२ : ३० बजे