एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ।

आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य ३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार  ११ : १६ बजे