सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला २२ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । बिहीबार तीन हजार २८० रुपैयाँ रहेको प्रतितोला चाँदी ६५ रुपैयाँ बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : मंसिर १२, २०८२ शुक्रबार  ११ : ३८ बजे