गृहमन्त्री अर्यालले भने – निर्वाचन तोकिएकै मितिमा हुन्छ



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार धनगढीमा सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले दाबी गरेका हुन्।

उनले भने,‘यो सरकारको मुख्य जिम्मेवारी भनेको समयमै चुनाव गराउनु हो, हामीले तयारी गरिरहेका छौं, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’

गृहमन्त्री अर्यालले केही हतियार र फरार कैदीबन्दी बाहिरै रहेकाले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन नहुने भनी शंका र भ्रम नफैलाउन आग्रह गरे।

प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार  १ : २० बजे