१५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उमेदवारी दिने सार्बजनिक गरेका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्नुमा अन्तर्वार्ताका क्रममा थापाले १५औँ महाधिवेशनमा पार्टी सभापतिको लागि उमेदवारी दिने बताएका हुन् ।

१५औँ महाधिवेशन सुरु भईसकेको भन्दै थापाले आफू उमेदवार हुनेमा कुनै शंका नरहेको बताए । “म १५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ,” थापाले भनेका छन्, “मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।”

“यसअघि पनि पटक पटक सभापतिको उमेदवार हो वा होइन भनेर प्रश्न आए पनि आफूले मिति नै घोषणा नभएकाले आफ्नो उमेदवारीबारे बोल्ने समय नभएको भन्ने गरेको बताएकको थिए । “अब १५औँ महाधिवेशनको तिथिमिति आइसकेपछि म सभापतिको उममेदवार हो,” थापाले भने ।

आगामी पुस २६ देखि २८ गते कांग्रेसले महाधिवेशन आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार  ६ : ०६ बजे