मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो



काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलियाको ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

२०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँ (करसहित) मा तीन वर्षभित्र सडक स्तरोन्नति सम्पन्न गर्ने सहमतिसहित ठेक्का सम्झौता भएको थियो। तर निर्माणको प्रगति चार वर्षपछि पनि २५ प्रतिशतमै सीमित भएको कार्यालयले जनाएको छ।

सडकको केही भाग ४ लेन र केही भाग ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता भए पनि साइटमा काम लामो समयदेखि ठप्प रहेको बताइएको छ।

प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार  ८ : ३६ बजे