तोलामा दुई हजारले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भैईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस ४, २०८२ शुक्रबार  १० : ५६ बजे