काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भैईरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भैईरहेको महासंघले जनाएको छ ।














