काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन तोलाको २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।














