देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिले डाके छलफलमा



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष तीन नेतालाई छलफलमा डाकेका छन्।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छलफलमा बोलाएक हुन्।

राष्ट्रपति कार्यालय स्रोतकाअनुसार मंगलबार अपरान्ह तीन बजे राष्ट्रपति निवास शीतलनिवासमा छलफल तय भएको छ। छलफल आगामी फागुन २१ गते तय भएको आम निर्वाचनका विषयमा केन्द्रित हुने बताइएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले पहिलो पटक तीन दलका शीर्ष नेतासँग संयुक्त छलफल गर्न लागेका हुन्।

प्रकाशित मिति : पुस ८, २०८२ मंगलबार  २ : १९ बजे