कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

आजको बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदैछ ।

प्रकाशित मिति : पुस ९, २०८२ बुधबार  ३ : २२ बजे