स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते



काठमाडौं । दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ ।

क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ ।

वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन बारमा राति शुरु भएको आगलागीमा केही युरोपेली देशहरूले अझै पनि आफ्ना नागरिक हराइरहेको बताएका छन् ।

प्रकाशित मिति : पुस १९, २०८२ शनिबार  १ : २१ बजे