काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शुन्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो ।
मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच शुन्य लागतमा कामदार पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता छ ।
सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेसनलका अध्यष विष्णुबहादुर केसीले बताउनुभयो ।














