सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ ।

सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार  ११ : ४० बजे