सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?



काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ ।

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार  ११ : ३३ बजे