काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ ।
लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति काठमाडौंको मुलपानीमा लुटेरा समूहमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
उनका अनुसार प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई नियन्त्रणमा लिएको छ।














