दरबारमार्गस्थित डान्स क्लबमा लागेको आगो नियन्त्रणमा



काठमाडौं ।दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ।

बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको थियो ।

उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार  १२ : ३७ बजे