नयाँ भनिएका दलहरुसँग मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन : घनश्याम भुसाल



काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गरेका छन् ।

शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा उनले सो दाबी गरेका हुन् ।

कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको बताए

पुराना भनिएका दलहरुले निम्त्याएको संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको दाबि गरे ।

प्रकाशित मिति : माघ १६, २०८२ शुक्रबार  ७ : १० बजे