काठमाडौँ। साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ।
आज परिसूचक नेप्से १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा बन्द भएको हो।यस दिन १ करोड ६६ लाख कित्ता सेयर खरिद विक्रि हुँदा ७ अर्ब ४९ करोडको कारोबार भएको छ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ४.५६ अंक घटेको छ । त्यसैगरी जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंक घटेका छन् ।तर, बुधबार विकास बैंक ६.०७, वित्त २३.३३, होटल १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंक बढेका छन् ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयरमूल्य घटेको छ। साथै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।














