सामसङ नेपालले घोषणा गर्‍यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट



काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।

यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३५ सम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७५ सम्मको क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिंग मेशिनहरुमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:               

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
Semi-Automatic Top Load7 Kg12%
Fully Automatic
Top Load
8 Kg12%
AI EcobubbleTM Front Load9 – 12 Kg20%
AI EcobubbleTM Washer Dryer9 – 11 Kg23%

रेफ्रिजिरेटर अफर:

काटेगोरीक्षमताक्यासब्याक (सम्म)
SBS700L11%
5 in 1350L – 419L16%
Double Door253L – 275L17%
Single Door192L – 230L15%

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्नेछन् । प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ।

साथै, नयाँ सामसङटिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार  २ : ४८ बजे