काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले शुक्रबार चाल्नाखेलबाट पक्राउ गरेको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।














