त्रिभुवन विमानस्थल हाताभित्र निषेधाज्ञा जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

राप्रपा तथा राजावादी समूहले भोली फागुन १ गते विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न भन्दै आह्वान गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ ।

स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रकाशित मिति : माघ २९, २०८२ बिहीबार  १० : ५० बजे