इजरायल, इरान र यूएईमा रहेका नेपालीलाई सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न सरकारको आग्रह



काठमाडौं, १६ फागुन । नेपाल सरकारले मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ । आज ९शनिबार० परराष्ट्र मन्त्रालयले एडभाईजरी जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयले अहिलेको परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत एडभाइजरी जारी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।

तभस्तै संयुक्त अरब इमिरेट्स ९यूएई० स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ

प्रकाशित मिति : फाल्गुन १६, २०८२ शनिबार  ६ : ४३ बजे