काठमाडौं । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्र्र्र्रतिनिधि सभाको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन् ।
निर्वाचन आयोगले निर्वाचन तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भएपनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् ।
यस निर्वाचनमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लंघनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ ।
आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाल लगायत संस्थाहरुले शनिवार पत्रकार सम्मेलन गरी राजनीतिक दल,उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उलंघनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।














