काठमाडौं । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो ।
जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ । दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिव १।५७ युरो थियो ।
तर अहिले बढेर १.८५ युरो पुगेको छ । जुन झन्डै ३० सेन्टको वृद्धि हो । अन्य अन्तर्वार्तादाताहरूले इन्धनको मूल्यमा भएको यो वृद्धिले यात्रा खर्च मात्र नबढाई ढुवानी (लजिस्टिक) को लागत पनि बढाउन सक्ने बताएका छन् ।














