काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मानेका छन् ।
जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उनले बताए ।
अर्यालले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गरे । गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको दाबि गरे ।
आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको उनले जानकारी दिए ।














