आज विश्व मूर्ख दिवस मनाइँदै



काठमाडौं । आज विश्व मूर्ख दिवस मनाइँदै छ ।

आज अप्रिल १ तारिख अर्थात ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ ।

आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल ‘चैत्र १९’ मा मनाइने गरिन्छ ।

पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थालेका हुन् । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ ।

प्रकाशित मिति : चैत्र १८, २०८२ बुधबार  १० : २० बजे