मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी



काठमाडौं । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएकाछन् ।

आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर गलत प्रचार गरिएको केसीले बताए ।

गलत प्रचार र टिप्पणीले आफूलाई फरक नपर्ने पनि उनले दाबि गरे ।

वि।स। २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।

प्रकाशित मिति : चैत्र २१, २०८२ शनिबार  ६ : ४९ बजे