कुनैपनि छानबिनका लागि तयार छु : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका हुन् ।

आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको उनले बताए । प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे ।

प्रकाशित मिति : चैत्र २८, २०८२ शनिबार  ७ : १८ बजे