नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा पुगे गृहमन्त्री गुरुङः काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राख्ने चेतावनी



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

गृहमन्त्री गुरुङले आयोजनाको नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको वस्तुस्थितिबारे विस्तृत जानकारी लिए।

उनले निर्माण व्यवसायीहरूलाई निर्धारित समयमै र उच्च गुणस्तरका साथ काम सम्पन्न गर्न कडा निर्देशन दिए।

प्रकाशित मिति : चैत्र २८, २०८२ शनिबार  ७ : ३३ बजे