इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा,स्वदेश फर्काउने तयारी



काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् ।

उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।

दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।तेहरानस्थित नेपाली अवैतनिक महावाणिज्यदूत र दोहास्थित नेपाली दूतावासले उनको यात्रा कागजात र अन्य औपचारिकताहरू पूरा गरेर केही दिनभित्रै उनलाई नेपाल पठाउने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  ७ : २५ बजे