इरानले होर्मुज जलमार्ग खुला गरेसँगै तेलको मूल्यमा भारी गिरावट



काठमाडौं । इरानका विदेशमन्त्रीले व्यापारिक जहाजहरूका निम्ति होर्मुज जलमार्ग पुनः खुला गरिएको बताएका छन्। तर जहाजहरूले तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

इजरेल र लेबननबीच १० दिने पूर्ण युद्धविराम भएपछि इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज जलमार्ग पुनः खुला गरिएको घोषणा गरेका हुन्।

लेबननमा भएको युद्धविरामअनुसार युद्धविरामको बाँकी समयावधिसम्म सबै व्यापारिक जहाजहरूका लागि होर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहेको घोषणा गरिन्छ र जहाजहरूको आवागमन इस्लामिक गणतन्त्र इरानको पोर्ट्स एन्ड म्यारीटाइम अर्गनाइजेशनुले समन्वयन गर्ने मार्गहरूमार्फत् हुने छ, अरागचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

त्यसपछि इरानको सरकारी टेलिभिजनले एक वरिष्ठ सैनिक अधिकारीुलाई उद्धृत गर्दै तोकिएका तोकिएका मार्गु भएर जहाजहरू जान पाउने तर सैनिक जहाजहरूको आवागमन अझै प्रतिबन्धित रहेको बताएको बीबीसीले जनाएको छ।

इरानले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि मार्ग पूर्ण रूपमा खुलाु रहने बताएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९८ डलरबाट झरेर ८८ डलरसम्म पुगेको बीबीसीले जनाएको छ।

यसअघि इरान माथि संयुक्त राज्य अमेरिका र इजरायलले सैन्य आक्रमण सुरु गरेपछि स्टेट अफ हर्मुजमा जहाज आवतजावत लगभग ठप्पजस्तै बनेको थियो। त्यसका कारण विश्व बजारमा तेल आपूर्ति घट्दा मूल्य मार्च महिनामा ११९ डलरसम्म पुगेको थियो। युद्ध सुरु हुनुअघि भने ब्रेन्ट तेलको मूल्य ७० डलरभन्दा तल थियो।

गत फेब्रुअरीको २८ तारिखमा संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि हमला गरेयता तेहरानले स्ट्रेट अफ होर्मुजलाई प्रभावकारी ढङ्गले अवरुद्ध पारेको छ।

अमेरिका र इरानबीच हालै भएको दुई हप्ते युद्धविरामको समयसीमा एप्रिल २२ तारिखमा सकिँदै छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका छन्, तर उनले त्यसलाई विश्वका निम्ति एउटा ठूला र गजबको दिनु भनी टिप्पणी गरे।

समुद्री क्षेत्रसँग सम्बन्धित समूहहरूले उक्त जलमार्ग भएर जान जहाजहरूका लागि सुरक्षित रहे वा नरहेको विषय हेरिरहेको बताएका छन् भने जहाजहरूको न्यून आवागमन भइरहेको ट्र्याकिङुबाट देखिएको छ।बीबीसी

प्रकाशित मिति : बैशाख ५, २०८३ शनिबार  ११ : ५६ बजे