काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य नहुने बताएका छन्।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताबारे अन्योल जारी रहँदा ट्रम्पको यस्तो टिप्पणी आएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको पोस्टमा एक साताअघि सुरु भएको नाकाबन्दीले इरानलाई पूर्ण रूपमा ध्वस्त बनाइरहेको उल्लेख गरेका छन्। आफ्नो देशले यो द्वन्द्व धेरैले जितेको ट्रम्पको दाबी छ।
अमेरिका र इरानबीच जारी युद्धविराम बुधवार समाप्त हुनुअघि ट्रम्पको यस्तो टिप्पणी आएको हो। पाकिस्तानमा हुने भनिएको दोस्रो चरणका शान्ति वार्ता अझैसम्म अनिश्चित देखिएको छ।
इरानले अमेरिकासँग पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरिरहेको छ । ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावाद जान लागेको घोषणा गरेपनि इरानले दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरिरहेको छ ।
दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन्।














