सुकुम्वासी बस्तीमा डोजरः विस्थापितलाई नागार्जुन सार्ने सरकाररको तयारी



नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तिब्र पारेको छ ।

सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको छ ।

महानगरपालिकाकाअनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने यो अभियान दुई चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँका सुकुम्वासी बस्तीहरू हटाइनेछ भने दोस्रो चरणमा बाँकी रहेका अन्य सुकुम्वासी बस्तीहरू हटाउने योजना रहेको महानगरले जनाएको छ ।

बस्तीबाट हटाइएका नागरिकहरूको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकहरूलाई शुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’मा लगिनेछ ।

प्रकाशित मिति : बैशाख १२, २०८३ शनिबार  ५ : ४० बजे