तोलामा ३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन तोला दुई लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १३५ रुपैयाँ बढेर तोलामा चार हजार ९४५ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १८, २०८३ शुक्रबार  ११ : ४३ बजे