काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ ।
शुक्रबार छापावाल सुन तोलामा ३४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन तोला दुई लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १३५ रुपैयाँ बढेर तोलामा चार हजार ९४५ पुगेको महासंघले जनाएको छ ।














