रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्ने भएको हो ।

छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ ।

रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  १२ : ५४ बजे