आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा



काठमाडौं, वैशाख २४ । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । वाग्मती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो ।

प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

ऐनको व्यवस्था अनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि अर्थात् २०८१ वैशाख २४ गतेदेखि यो पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो। सोही ऐतिहासिक दिनलाई आधार मानी प्रदेश सरकारले भाषा दिवस मनाउन थालेको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए।

यस अवसरमा आज वाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  ७ : ४५ बजे