बीमा प्राधिकरणले गर्‍यो दुई कम्पनीलाई नगद जरिवाना



काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्राधिकरणबाट जारी निर्देशन उल्लंघन गरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ।

बीमासम्बन्धी नियम उल्लंघनको कसुरमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई जरिवाना गरेको हो।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा तोकिएको भन्दा बढी बीमा शुल्कमा छुट दिएको कसुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई पहिलो पटक दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

यस्तै स्वामित्व परिवर्तनसम्बन्धी नियम पालना नगरेको कसुरमालर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  २ : ०७ बजे