काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अंकले बढेको छ।
आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २ हजार ७१८.१६ विन्दुमा बन्द भएको हो ।
आज ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, अन्य ०.८३ प्रतिशत बढे ।निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढ्यो ।
त्यसैगरी, आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।














