काठमाडौं । पूर्वी चीनको इवुस्थित गिली अटोको उत्पादन प्लान्टमा करिव १०० वटा स्वदेशी वेल्डिङ रोबोटहरू सफलतापूर्वक परिचालन गरिएको छ ।
सिएसुन कम्पनीद्वारा निर्मित ९८ वटा रोबोटहरूलाई गिली अटोको वेल्डिङ वर्कशपमा तैनाथ गरिएको हो । गिली अटोको ‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ’ विभागका निर्देशक झाउ जुनकाअनुसार यी रोबोटहरूको प्रयोगले स्वदेशी प्रविधिबाट निर्मित उपकरणहरूको स्थिरता र गुणस्तरको एकरूपतालाई प्रमाणित गरेको छ ।
सिएसुन रोबोटिक्सले गिली अटोको विशिष्ट आवश्यकता, उपयोगिता र कार्यक्षमतालाई ध्यानमा राख्दै यी रोबोटहरू तयार पारेको हो ।
स्वदेशी उपकरणहरूलाई आवश्यकताअनुसार परिमार्जन (कस्टमाइज) गर्न सकिने पक्ष नै यसको सबैभन्दा ठूलो विशेषता रहेको निर्देशक जुनले बताए ।














