संगठित हुदै भूमिहीन सुकुम्बासी बुटवलमा राष्ट्रिय भेला गर्ने



काठमाडौं । राज्य पक्षबाट भइरहेको डोजर आतंक, जबर्जस्ती विस्थापन र उचित व्यवस्थापन बिनाको उठीबासका विरुद्ध भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आगामी जेठमा राष्ट्रिय भेला गर्ने भएका छन् ।

नेपालभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको हकहित र अधिकारका लागि आवाज उठाउने उद्देश्यले जेठ ३ गते रुपन्देहीको बुटवलमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।

दशकौंदेखि श्रम र संघर्ष गर्दै अभावका बीच जीवन बिताइरहेका गरिब तथा उत्पीडित समुदायमाथि भइरहेको अन्यायको विरुद्ध र समस्याको दीर्घकालीन समाधानका लागि यो भेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

भेलामार्फत भूमिहीन सुकुम्बासीहरूको आवास, जग्गाको स्वामित्व र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बन्न आग्रह गरिने बताइएको छ । देशभर फैलिएको विस्थापनको त्रास र अन्यायका विरुद्ध एकीकृत आवाज निर्माण गर्नु नै भेलाको मुख्य उद्देश्य रहेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ७ : ५८ बजे