बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  ११ : ४५ बजे