काठमाडौं। साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।
बजार आज १.७७ अंकले बढेको हो।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३१.९४ विन्दुमा पुगेको छ।
आज सेयर बजारमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.५५ विन्दुमा पुगको छ। आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ। परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ।
आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घटेको छ। आज २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।














