काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














