सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८३ सोमबार  ११ : ०८ बजे