काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष सिफारिस समितिले अध्यक्षको सर्टलिस्टमा चारजनाको सर्टलिस्टमा निकालेको छ । समितिले आज (मंगलबार) चारजना उमेदवारहरूको सूची सार्वजनिक गरेको हो ।
अध्यक्षका लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट सर्टलिस्टमा परेका छन् । अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका थिए ।
सर्टलिस्टमा परेका उमेदवारलाई यही जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित सिफारिस समितिले गएको वैशाख १५ गते आवेदन माग गरेको थियो ।














