बिहीबार तोलामा १८ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार  ११ : ४० बजे