काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा)को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो ।
उक्त छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति काँग्रेसले आपत्ति जनाएको हो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै समिति सदस्य समेत रहेका नेपाली काँग्रेसका सांसद अुर्जननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश निषेध गर्नु पारदर्शिताविपरीत भएको दाबि गरे ।
उनले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगलाई बैठकमा सहभागि नगराउनु एकदमै आपत्तिजनक विषय भएको भन्दै अब बस्ने समितिको बैठकमा यो विषयलाई गम्भीरतापूर्वक उठाउने बताए ।














